५ जेष्ठ २०८१, शनिबार
 |   Sat May 18 2024
Logo

आन्तरिक किचलोमा फस्यो सत्तारुढ गठबन्धन, बिना निष्कर्ष टुंगियो बैठक



काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बिना निष्कर्ष सकिएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका अध्यक्षहरूको बैठक विना निष्कर्ष टुंगिएको हो । आजको बैठकमा सरकार विस्तार र मन्त्रालय बाँडफाँटबारे छलफल भएको थियो । तर, सरकार सञ्चालन, मन्त्रिपरिषद् विस्तार र मन्त्रालय बाँडफाँटको विषयमा छलफल भए पनि कुनै ठोस निष्कर्ष भने निस्किएन ।

सत्तारुढ गठबन्धनबीच सहमति जुट्न सकेपछि प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद् विस्तारमा निकै सकस पर्ने देखिएको छ । मन्त्रिपरिषद् विस्तार पनि टाढिँदै गएको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव उपस्थित थिए। गठबन्धनमा राष्ट्रिय जनमोर्चा पनि सामेल छ ।

प्रधानमन्त्री बनेको डेढ महिना बितिसक्दा पनि सत्तारुढ गठबन्धनका दलहरूभित्रको आन्तरिक किचलोका कारण देउवाले मन्त्रिपरिषद् विस्तार गर्न सक्नुभएको छैन । प्रधानमन्त्री देउवाले १७ मन्त्रालयको जिम्मेवारी आफैंले सम्हालिसकेका छैनन् । गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !