५ जेष्ठ २०८१, शनिबार
 |   Sat May 18 2024
Logo

लुम्बिनी प्रदेश सभा बैठक भदौ ३० सम्म स्थगित



काठमाडौं । लुम्बिनी प्रदेश सभा बैठक भदौ ३० सम्म स्थगितका लागि स्थिगित भएको छ । प्रमुख विपक्षी दल एमालेको अवरोधका कारण पटक–पटक स्थगित हुँदै आएको लुम्बिनी प्रदेश सभाको बैठक पनि पुनः भदौ ३० सम्मका लागि स्थगित भएको हो । भदौ १७ गतेका लागि बोलाइएको प्रदेश सभाको नवौं अधिवेशनको पाचौं बैठक सूचना टाँसेर भदौ ३० गतेसम्मका लागि स्थगित गरिएको हो । देश सभा बैठक सुरू गर्ने विषयमा प्रमुख प्रतिपक्षी दलसँग सहमति हुन नसकेपछि १७ गतेका लागि बोलाइएको बैठक ३० गते बस्ने गरी स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !