५ जेष्ठ २०८१, शनिबार
 |   Sat May 18 2024
Logo

सभामुख र निर्वाचन आयोगविरुद्ध अदालत जाने तयारीमा एमाले



काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभाका सभामुख र निर्वाचन आयोगविरुद्ध रिट दर्ता गर्ने तयारी गरेको छ । आज अपराह्नसम्ममा अदालत पुग्ने गरी तयारी भइरहेको एमाले सचेतक विशाल भट्टराईले जानकारी दिए । प्रतिनिधि सभाका सभामुख र निर्वाचन आयोगले कानून विपरीत दल विभाजनमा सहयोगी भूमिका खेलेको भन्दै नेकपा एमाले अदालत जाने निर्णय गरेको थियो । एमालेले माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गरी संसद् सचिवालयमा बुझाएको थियो । तर, सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरुलाई पदमुक्त गर्ने निर्णय नगरेको भन्दै एमाले अदालत जान लागेको हो ।

 


प्रतिक्रिया दिनुहोस !