५ जेष्ठ २०८१, शनिबार
 |   Sat May 18 2024
Logo

मुख्यमन्त्री आचार्यले राजीनामा नदिने, अटेरी गरे हटाई दिने गठबन्धनको चेतावनी



मोरङ । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले पदबाट राजीनामा नदिने बताएका छन् । बुधबार नेकपा एमालेका १० सांसदले नेकपा एकीकृत समाजवादी पार्टी रोजेपछि अल्पमतमा पपरेका मुख्यमन्त्रीले पदबाट राजीनामा नदिने बताएका हुन् । उनले राजीनामा नदिइ संसदको सामना गर्ने बताए । आफ्नो सरकार जनताको काम गर्न बनेकाले जनताको काम गर्छौ भनेर आएका जनप्रतिनिधिहरुले आफूलाई विश्वासको मत दिने मुख्यमन्त्री आचार्यको विश्वास छ ।

मुख्यमन्त्री आचार्य गत बिहीबार मात्रै नियुक्त भएका थिए । अल्पमतम परेसँगै मुख्यमन्त्री आचार्यलाई नैतिकताका आधारमा पद छाड्नु पर्ने एकीकृत समाजवादीका नेता राजेन्द्र राईले बताए । बुधबार प्रदेश निर्वाचन कार्यालयमा दल सनाखतपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता राईले पद नछाडे विपक्षी गठबन्धनले हटाउने चेतावनी दिए । प्रदेश १ को प्रदेशसभामा एमालेका ५१ सांसद थिए । तीमध्ये १० जनाले एकीकृत समाजवादी पार्टी रोजेपछि मुख्यमन्त्री आचार्य अल्पमतमा परेका हुन् ।


प्रतिक्रिया दिनुहोस !