२२ बैशाख २०८१, शनिबार
 |   Sat May 4 2024
Logo

सरकारको चाकडीको चरमोत्कर्ष, भारतविरुद्ध गतिविधि गर्नेलाई कानूनी दायरामा ल्याउने चेतावनी



काठमाडौं । जयसिंह धामी घटनाको विरुद्धमा नेपालमा भारतविरुद्ध भईरहेको घटनाप्रति गृह मन्त्रालयले आपत्ति जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन र उनी विरुद्धको गरेका प्रदर्शनप्रति गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपालका मित्रराष्ट्रविरुद्ध गतिविधि गर्नेलाई कानूनी दायरामा ल्याउने उल्लेख गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरलेले जारी गरेको विज्ञप्तिमा भनिएको छ “विगत केही दिनयता छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिविधिप्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,” ।

मन्त्रालयको विज्ञप्तिमा नेपाल सरकार सबै मित्रराष्ट्रहरुसँग पारस्परिक सम्बन्ध अझ प्रगाढ बनाउन चाहने र नेपाली भूमिमा कुनै पनि राष्ट्र विरुद्धका गतिविधि हुन नदिने विषयमा कटिबद्ध रहेको उल्लेख छ । गृहको विज्ञप्तिमा मित्रराष्ट्रहरुसँग उत्पन्न समस्यालाई वार्ता, सम्वाद र कुटनीतिक माध्यमबाट समाधान गरिदै आएको भन्दै भविष्यमा पनि उत्पन्न समस्यालाई वार्ता, सम्वाद र कुटनीतिक माध्यमबाटै समाधान गरिने भन्दै त्यस्तो कुरा नमान्नेलाई कारवाहीको चेतावनी दिइएको छ ।


प्रतिक्रिया दिनुहोस !