५ जेष्ठ २०८१, शनिबार
 |   Sat May 18 2024
Logo

मन्त्रिपरिषद् विस्तार गर्दा सरकार ढल्छ : सुवास नेम्वाङ



काठमाडौं । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले मन्त्रिपरिषद् विस्तार गर्दा सरकार ढल्ने र दल फुट्ने संभावना देखिएको बताएका छन् । राष्ट्रिय युवा संघ नेपालले सोमबार गरेको कार्यक्रममा नेम्वाङले सरकार बनेको ५० दिनसम्म मन्त्रिपरिषद् विस्तार नहुनुमा सरकार ढल्ने डर मुख्य कारण भएको बताए ।

‘पाँच जना मन्त्रीले चलेको यो सरकार ५० दिन पुग्दा पनि विस्तारको नाम निशाना छैन । सरकार विस्तार गर्दा यो सरकार नै पो ढल्छ भन्ने डर छ’, नेम्वाङले भने । दोस्रो पटक संसद् विघटन गर्नु केपी ओलीको बाध्यता भएपनि सर्वोच्च अदालतले अचम्मको फैसला गरेको नेम्वाङले टिप्पणी गरे ।


प्रतिक्रिया दिनुहोस !