१० जेष्ठ २०८१, बिहीबार
 |   Thu May 23 2024
Logo

गृहमन्त्री बालकृष्ण खाँडको पुत्ला दहन



काठमाडौं । माधवकुमार नेतृत्वको नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूले गृहमन्त्री बालकृष्ण खाँडको पुत्ला दहन गरेको छ ।

दार्चुलामा नेपाली युवक तुइनबाट महाकाली नदीमा खसेको विषयलाई लिएर गरेको विरोध प्रदर्शनबारे गृह मन्त्रालयले विज्ञप्ति जारी गरेर आपत्ति जनाएको विरोधमा अनेरास्ववियूले गृह मन्त्रीको पुत्ला जलाएको हो । अनेरास्ववियूले मीनभवनस्थित नेपाल कमर्स क्याम्पसको बाहिर गृहमन्त्रीको पुत्ला दहनसहित प्रदर्शन गरेको हो ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय