१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

नेपाल टेलिकम बन्यो “बेस्ट टेलिकम्युनिकेसन ब्राण्ड”, ग्लोबल बिजनेस आउटलूक अवार्डबाट सम्मानित



नेपाल टेलिकम सन् २०२१ को लागि नेपालको उत्कृष्ट दूरसञ्चार ब्राण्डको रुपमा सम्मानित भएको छ।

बेलायती म्यागजिन ग्लोबल बिजनेस आउटलूकले प्रत्येक वर्ष प्रदान गर्ने उत्कृष्ट टेलिकम कम्पनीहरुको सूचीमा यस वर्ष नेपालबाट सरकारी दूरसञ्चार कम्पनीले सफलता हात पारेको हो।

हालै सार्वजनिक सूचीअनुसार दूरसञ्चार तर्फ नेपालसहित ८ देशका कम्पनीहरुले अवार्ड हात पारेका छन् । जसअनुसार नेपाल टेलिकम उत्कृष्ट दूरसञ्चार ब्राण्ड हुँदै “बेस्ट टेलिकम्युनिकेसन ब्राण्ड” बनेको हो।

पछिल्लो दिनमा नेपाल टेलिकम फाइभजी नेटवर्क परीक्षणको तयारीमा रहेको छ भने देशभर फोरजी सेवा बिस्तार गरिरहेको छ। यसका साथै कम्पनीले एफटीटीएच समेत तिब्रगतिमा बिस्तार गर्न तयार रहेको छ ।

यसका साथै नेपालबाट नै अर्को कम्पनी एनसेल आजियाटा लिमिटेडले समेत अवार्ड पाएको छ । एनसेलले सबैभन्दा सामाजिक संस्थागत उत्तरदायित्व जिम्मेवार बहन गर्ने दूरसञ्चार कम्पनीको अवार्ड पाएको हो । एनसेललाई मस्ट सोसियल्ली रेस्पोन्सिवल टेलिकम कम्पनीको अवार्ड दिईएको छ।

ग्लोबल बिजनेस आउटलुक अवार्ड्सले विश्वभरबाट व्यापारमा उत्कृष्टलाई पुरस्कृत गर्ने गर्दछ । यसले विभिन्न क्षेत्रका कम्पनीहरुलाई उनिहरुको उत्कृष्टताको आधारमा अवार्ड प्रदान गर्दछ।

यसले दूरसञ्चारसहित बैंकिङ्ग, बीमा, वित्त, यातायात, स्टार्टअप प्रविधिलगायतका क्षेत्रहरुमा विश्वभरबाट छनौट गरेर वार्षिक अवार्ड दिने गर्दछ।


प्रतिक्रिया दिनुहोस !