५ जेष्ठ २०८१, शनिबार
 |   Sat May 18 2024
Logo

सत्तारुढ गठबन्धनको बैठक शुरु, मन्त्रालयको टुंगो लगाईने



काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघि बैठक शुरु भएको हो । बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका प्रतिनिधिहरूको उपस्थिति छ । आजको बैठकमा संसदमा सत्तापक्षको रणनीति र मन्त्रिपरिषद विस्तारका सन्दर्भमा छलफल हुने बताइएको छ । एमालेको अवरोधका बाबजुद संसदलाई कसरी अगाडि बनाउने भन्ने विषयमा बैठकले साझा धारणा बनाउने बताइएको छ । यसअघि शुक्रबार बसेको गठबन्धन बैठकले राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता लिने कि प्रतिस्थापन विधेयक ल्याउने भन्नेमा छलफल गरेको थियो । देउवा नेतृत्वको सरकार गठन भएको दुई महिना पुगिसक्दा पनि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन । प्रधानमन्त्री देउवाले शुक्रबारको बैठकमा सबै पार्टीलाई आफ्नो आफ्नो पार्टीबाट मन्त्री बन्नेको नाम टुंग्याउन आग्रह गर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस !