५ जेष्ठ २०८१, शनिबार
 |   Sat May 18 2024
Logo

एमालेले संसद अवरुद्ध गरेर हैरान पारेपछि सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाउनु भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले भदौ २८ गते सोमबार साढे २ बजेका लागि सर्वदलीय बैठक आव्हान गर्नु भएको छ । संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्ष र प्रमुखहररुसँग समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक सभामुखले आह्‍वान गर्नु भएको हो ।

एमाले सांसदले निरन्तर संसद बैठक अवरोध गर्दै आएका छन् । एमालेले २३ गतेबाट निरन्तर संसद अवरोध गर्दै आइरहेको छ । एमालेको अवरोधमा सहमति र संवादबाट विवाद समाधान गर्न सभामुखले आग्रह गर्नु भएको छ । एमालेको अवरोधपछि मंगलबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित भएको छ । सोही विषयमा छलफलको लागि सभामुखले सर्वदलीय बैठक बोलाउनु भएको हो ।


प्रतिक्रिया दिनुहोस !