५ जेष्ठ २०८१, शनिबार
 |   Sat May 18 2024
Logo

माधव नेपाललाई एमालेमै फर्कन उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको आग्रह



काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई एमालेमा फर्कन आग्रह गरेकी छन् । बिहीबार एमाले काठमाडौं जिल्ला कमिटीको भेलालाई सम्बोधन गर्दै उनले नेपालले लिएको बाटो गलत भन्दै मूल पार्टीमा फर्किएर आउन आग्रह गरेकी हुन् ।

मुख्यमन्त्री शाक्यले नेपाल आफूहरुभन्दा अग्रज भएको र आफूले जन्माएको पार्टीलाई यसरी चटक्क छोडेर जाने कुरा कुनै पनि ढंगबाट सही नभएको तर्क गरिन् । उनले नेपाललाई एक पटक समीक्षा गर्नु पर्ने र फर्केर आउनु पर्ने बताइन् । साथै, एमालेलाई सुदृढ बनाउन नेपालको भूमिका आवश्यक रहेको धारणा पनि राखेकी छन् ।


प्रतिक्रिया दिनुहोस !