५ जेष्ठ २०८१, शनिबार
 |   Sat May 18 2024
Logo

सीके राउतले मधेसमा अरु कुनै पनि दललाई प्रवेश गर्न नदिने !



काठमाडौं । डा. सीके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रीय कार्यसमितिको दुई दिने विस्तारित बैठक सम्पन्न भएको छ । बैठकमा डा. सीके राउतले पुरै मधेस कसरी कब्जा गर्ने भन्ने रणनीति सुनाएका थिए । अलग्गै मधेस बनाउने अभियान छाडेर मूलधारको राजनीतिमा आएका जनमत पार्टीका अध्यक्ष सीके राउतले पूरै मधेसमाथि आफ्नो कब्जा जमाउने रणनीति बनाउन लागेको एक केन्द्रीय सदस्यले बताए ।

उनका अनुसार सीके राउतले मधेसमा अरु कुनै पनि दललाई प्रवेश गर्न दिन नहुने भन्दै चुनावमार्फत जनमत पार्टीलाई एक नम्बरको पार्टी बनाउनुपर्ने र पूरै मधेसमाथि कब्जा गर्नुपर्ने धारणा प्रशिक्षणमा राखेका थिए । ‘हामी स्वतन्त्र मधेसका लागि लडेर आएका थियौं, त्यो अहिलेलाई छाडेका छौं तर पार्टीमार्फत अहिले पनि मधेसमाथि कब्जा गर्न सकिन्छ,’ सीके राउतलाई उद्धृत गर्दै ती नेताले भने, ‘पूरै मधेसलाई नियन्त्रणमा लिन सकिन्छ ।’

मधेसको करिब २६ सय वडामा हाल १६ सयभन्दा बढी वडास्तरमा जनमत पार्टीको संगठन विस्तार भएको तथ्याङ्क प्रस्तुत गर्दै अध्यक्ष राउतले बाँकी एक हजार वडामा ३ महिनाभित्र संगठन निर्माण गर्न निर्देशन दिएका छन् । उनले वडास्तरमा संगठन विस्तार गर्नका लागि केन्द्रीय सदस्यहरुलाई फरक फरक जिल्लामा तीन महिनासम्म खटाउने भएका छन् ।


प्रतिक्रिया दिनुहोस !