२९ बैशाख २०८१, शनिबार
 |   Sat May 11 2024
Logo

देश र जनताको हितका लागि विद्यार्थीले निरन्तर आवाज उठाउनुपर्छः अध्यक्ष ओली



नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा संविधान र लोकतन्त्रमाथि खतरा उत्पन्न भएमा विद्यार्थी सङ्गठनले जनतालाई सचेत गराउँदै सशक्त प्रतिवाद गर्नुपर्ने बताउनुभएको छ ।

पार्टीनिकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको नयाँ केन्द्रीय कमिटीका पदाधिकारीको शपथग्रहण तथा कार्यकर्ता भेला कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उहाँले देश र जनताको हितका लागि विद्यार्थीले निरन्तर आवाज उठाउनुपर्ने जनाउनुभयो ।

“तपाईहरुबाट जनताले समृद्धि र न्यायका लागि गरेका अपेक्षा सचेतनापूर्वक पूरा गर्नुहोस् । तपाईंहरु असाधारण सचेत जगत् हो । आफ्नो कर्ममा सक्रियतापूर्वक लाग्नुहोला”, पूर्वप्रधानमन्त्री ओलीले भन्नुभयो, “तपाईहरुका हरेक विचारले अरुलाई प्रेरित र प्रज्वलित गर्न सकोस् । नयाँ नेतृत्वलाई मेरो शुभकामना छ ।” उहाँले एमाले विधि र लोकतन्त्रको रक्षार्थ निडरताका साथ अघि बढ्ने उल्लेख गर्दै त्यसका लागि कानूनी र अन्य लडाइँ लड्न तयार रहेको बताउनुभयो । अध्यक्ष ओलीले सरकारले केही उद्यमीलाई फाइदा पुग्ने गरी बजेट ल्याएको र कर्मचारी तथा शिक्षकलाई पूर्वाग्रहपूर्वक व्यवहार गरेको आरोप पनि लगाउनुभयो ।

अनेरास्ववियुका अध्यक्ष ऐन महरले नेतृत्व हस्तान्तरण गर्दै नयाँ जिम्मेवारी प्राप्त अध्यक्ष सुनिता बराललाई आज उक्त पद हस्तान्तरण गर्नुभयो ।


प्रतिक्रिया दिनुहोस !