१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

विधानमै सात उपाध्यक्ष राख्ने सुझाव अनुमोदन गर्न ओली साकारात्मक



काठमाडौं । नेकपा एमालेले अब विधानमै सात उपाध्यक्ष राख्ने सुझाव अनुमोदन गर्ने भएको छ । विधान महाधिवेशनअघि प्रस्तावित एमालेको विधानमा ३ उपाध्यक्ष राख्ने मस्यौदा गरिएको थियो । उक्त मस्यौदामाथि केन्द्रीय कमिटी बैठकमा भएको छलफलमा अधिकाँश सदस्यहरुले सात उपाध्यक्षको व्यवस्था गर्नुपर्ने सुझाव दिएका थिए । आइतबारको केन्द्रीय कमिटी बैठकमा जवाफ दिने क्रममा अध्यक्ष केपी शर्मा ओलीले उक्त सुझाव राम्रो भएको भन्दै त्यसलाई केन्द्रीय कमिटीबाट निर्णय गरेर अघि बढाइने बताए । ‘सात उपाध्यक्ष राख्नुपर्ने यो सुझाव धेरैको छ । यो सकारात्मक पनि छ, त्यसैले यो सुझाव ग्रहण गर्दै बैठकबाट अघि बढ्छ र विधान महाधिवेशनले निर्णय गर्छ,’ ओलीको भनाई छ ।


प्रतिक्रिया दिनुहोस !