५ जेष्ठ २०८१, शनिबार
 |   Sat May 18 2024
Logo

सर्वोत्तम सिमेन्टको सेयर कारोबार प्रकरणमा मुछिएका धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना बर्खास्त



सरकारले धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई बर्खास्त गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सर्वोत्तम सिमेन्टको सेयर कारोबार प्रकरणमा मुछिएका ढुंगानालाई बर्खास्त गर्ने निर्णय गरेको एक मन्त्रीले बताए । यसअघि नै अर्थमन्त्रालयको निलम्बनमा परेका उनलाई असोज ११ गते मन्त्रिपरिषद् बैठकले स्पष्टीकरण सोधेको थियो ।

सरकारले उनको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै बर्खास्तीको निर्णय आज गरेको हो । सरकारले पछि झमेला हुनसक्ने भन्दै सबै कानुनी प्रक्रिया पुरा गरेर उनलाई बर्खास्त गरेको ती मन्त्रीको भनाइ छ । 

 ढुंगाना ‘बुक बिल्डिङ’मार्फत सर्वसाधारणलाई साधारण सेयर बिक्री खुलाउने तयारीमा रहेको सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएका थिए ।  

बोर्डको अध्यक्षमा रहँदा उनले छोरी रेबिका ढुंगानाको नाममा उक्त कम्पनीको सेयर खरिद गरेको तथ्य बाहिरिएको थियो । उनीसहित सर्वोत्तम सेयर खरिद प्रकरणमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का तत्कालिन प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउद पनि मुछिएका थिए । यद्यपी, उनले आफ्नो पदबाट राजीनामा दिएपछि ढुंगानाले दिन आनाकानी गरेका थिए । 


प्रतिक्रिया दिनुहोस !