५ जेष्ठ २०८१, शनिबार
 |   Sat May 18 2024
Logo

बुद्धभुमिको आईपीओ शुक्रबार बाँडफाँट हुने, ९६ प्रतिशत आवेदकले शेयर नपाउने



बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको शेयर शुक्रबार बाँडफाँट हुने भएको छ ।

बिक्री प्रबन्धक सिभिल क्यापिटलले कम्पनीको शेयरकाे प्रिअलटमेन्ट सकाएकाे छ । आज बुधबार प्रिअलटमेन्ट सकाएर शुक्रबार बाँडफाँट गर्ने भएकाे हाे ।

कम्पनीले असोज ११ गतेदेखि १४ गतेसम्म सर्वसाधारणको लागि ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो ।

त्यसमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारणलाई बाँडफाँट हुनेछ ।

पछिल्लो तथ्यांक अनुसार कम्पनीको आइपीओमा २१ लाख ११ हजार ८१९ जना आवेदकले २ करोड ६५ लाख ३१ हजार ४० कित्ता शेयर खरिदको लागि आवेदन दिएका छन् । यो सर्वसाधारणलाई निष्काशन गरेको ७ लाख ४४ हजार कित्ताको ३५.६६ गुणा बढी हो ।

माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्युनतम १० कित्ताको दरले शेयर बाँडफाँट हुनेछ । त्यस अनुसार योग्य आवेदक मध्येबाट ७४ हजार ४०० जनाले मात्रै १० कित्ता शेयर हात पार्नेछन् ।

त्यस अनुसार कुल आवेदक मध्ये ९६ प्रतिशत अर्थात २० लाख ३७ हजार भन्दा धेरैले शेयर नपाउने देखिन्छ ।


प्रतिक्रिया दिनुहोस !