३ जेष्ठ २०८१, बिहीबार
 |   Thu May 16 2024
Logo

बागमती प्रदेश सरकारले बढायो २३ प्रतिशत सार्वजनिक यातायातको भाडा, उपत्यकामा कति बढ्यो ?



बागमती प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यातायातको भाडा बढेको छ । भौतिक पूर्वाधार तथा विकास मन्त्रालय बागमती प्रदेश सरकारले कात्तिक १ गतेदेखि लागू हुने गरेर २३ प्रतिशत भाडा समायोजन गरेको हो ।

संघीय सरकाले असार २९ गतेदेखि लागू हुने गरेर अन्तरप्रदेश (राष्ट्रिय राजमार्गमा चल्ने सार्वजनिक सवारीको) भाडा २८ प्रतिशतले समायोजन गरेको थियो । अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडादर बढेपछि बागमती प्रदेश भित्र चल्ने सवारीको भाडा बढेको थिएन ।

 उपत्यका भित्र चल्ने सार्वजनिक सवारीको हकमा ५ किलोमिटरसम्म १८ रुपैयाँ, १० किलोमिटरसम्म २३ रुपैयाँ, १५ किलोमिटरसम्म २७ रुपैयाँ, २० किलोमिटरसम्म ३० र २० किलोमिटरभन्दा बढीको भाडादर ३५ रुपैयाँ कायम भएको मन्त्रालयले जानकारी दिएको छ ।
यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्वमा बागमती प्रदेशका यातायात मन्त्री केशवराज पाण्डेलाई नै भेटेर भाडा समायोजन गर्न दबाब दिएको थियो ।



प्रतिक्रिया दिनुहोस !