३ जेष्ठ २०८१, बिहीबार
 |   Thu May 16 2024
Logo

६ महिनायताकै उच्च भयो अमेरिकी डलरको भाउ



नेपाली मुद्राको तुलनामा अमेरिकी डलर गएको ६ महिनाकै बलियो अवस्थामा पुगेको छ। 

नेपाल राष्ट्र बैंकका अनुसार नेपालमा अमेरिकी डलरको भाउ गएको छ महिनाकै उच्च भएको छ। गएको वैशाख १३ गतेपछि आज डलरको भाउ उच्च भएको हो। 

केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलरको भाउ १२० रुपैयाँ २७ पैसा पुगेको छ। यसअघि वैशाख १३ गते डलरको भाउ १२० रुपैयाँ ३२ पैसा थियो। 

पछिल्लो एक महिनादेखि नै उकालो लागेको डलर भाउ आजका मितिसम्म बढ्दै आएको छ।

अन्तर्राष्ट्रिय बजारमा पनि डलर बलियो हुँदै आएको छ। युरोको तुलनामा अमेरिकी डलर १४ महिना यताकै बलियो भएको रोयटर्सले समाचार लेखेको छ। उर्जाको मूल्य बढ्दै गएको र अर्कोतिर डलर पनि बलियो हुँदै आएको छ। 


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय