२२ बैशाख २०८१, शनिबार
 |   Sat May 4 2024
Logo

दशैँ–तिहारमा दैनिक उपभोग्य वस्तुमा २ देखि ५ प्रतिशत छुट



खड्क सुनार/न्युज कारखाना

मुगु, २२ असोज

नेपालीहरूको महान् चाड विजया दशमी र तिहार नजिकिँदै गरेको समयमा मुगु उद्योग वाणिज्य संघले दैनिक उपभोग्य सामानमा २ देखि ५ प्रतिशत सम्म छुट दिने भएको छ ।

प्रत्येक वर्ष मुगु उद्योग वाणिज्य संघले दशैँ तिहारको समयमा घटस्थापनादेखि लागू हुने गरी तिहारको अन्तिम दिनसम्म गमगढी बजार र आसपासका बस्तीहरूमा छुट दिने गरेको थियो । यस वर्ष पनि संघको जिल्ला कार्य समितिको असोज १८ गते बसेको बैठकले दैनिक उपभोग्य सामानमा २ देखि ५ प्रतिशतसम्म छुट दिने निर्णय गरेको हो ।

जुता चप्पलमा १० प्रतिशत, फेन्सी कपडामा १५ प्रतिशत, स्टेसनरी सामानमा २ देखि ५ प्रतिशत, ईलेक्ट्रोनिक सामानमा १० देखि १५ प्रतिशत भाडा वतनमा ५ प्रतिशतले छुट दिनेगरी दशैँको घटस्थापनादेखि तिहारको अन्तिम दिनसम्म लागू हुने गरी बजार मूल्य निर्धारण गरिएको उनले बताए । निर्धारण गरिएको मूल्य लागू गर्न सबै व्यापारीहरूमा अनुरोध गरिएको मुगु उद्योग वाणिज्य संघका अध्यक्ष कमलबहादुर बुढाले बताए ।

अखाद्य बस्तु, म्याद सकिएको सामान, बिक्री वितरण नगर्न र संघले निर्धारण गरेको मूल्यअनुसार ग्राहकले सहजै देखिने स्थानमा राख्न महासंघले व्यवसायीलाई आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस !