२२ बैशाख २०८१, शनिबार
 |   Sat May 4 2024
Logo

सुदूरपश्चिम सरकारले ले प्राकृतिक प्रकोपबाट प्रभावित नौवटै जिल्लालाई तत्काल २५/२५ लाख उपलब्ध गराउने



सुदूरपश्चिम प्रदेश सरकारले बोलाएको आकस्मिक मन्त्रिपरिषद् बैठकले प्राकृतिक प्रकोपबाट प्रभावित प्रदेशका नौवटै जिल्लामा तत्कालका लागि २५/२५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रदेश सरकारकी प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्ण जोशीले भनिन्, ‘क्षतिका आधारमा सरकारले आगामी दिनमा थप सहयोग गर्ने नै छ । तत्कालका लागि सबै जिल्लालाई २५/२५ लाख उपलब्ध गराउने निर्णय गरिएको छ ।’

प्राकृतिक प्रकोपबाट प्रभावित नागरिकको उद्धार र तत्कालीन राहत उपलब्ध गराउन सो बजेट प्रयोग गर्न सकिने मन्त्री जोशीले बताइन् । सो रकम जिल्ला विपद् व्यवस्थापन समितिको कोषमा जम्मा हुनेछ ।

यसैगरी सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश विपद् व्यवस्थापन कोषमा २५ करोड रुपैयाँ उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।
 


प्रतिक्रिया दिनुहोस !