१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

दोस्रो पटक २० लाख डोज कोरोना खोप अनुदान दिने चीनको घोषणा



काठमाडौं । छिमेकी राष्ट्र चीनले नेपाललाई थप २० लाख डोज कोरोना विरूद्धको खोप दिने घोषणा गरेको छ । मंगलबार परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भएको टेलिफोन संवादमा यीले थप २० लाख डोज कोरोना विरूद्धको खोप अनुदानमा दिने प्रतिबद्धता जनाएका हुन्।

परराष्ट्र मन्त्रालयले विज्ञप्ति नै निकालेर विदेशमन्त्री यीले थप २० लाख डोज खोप दिने प्रतिवद्धता जनाएको जानकारी दिएको छ। दुईबीचमा तातोपानी नाका खुलाउने र सँगै मिलेर कोरोनाविरुद्ध लड्नेलगायत विषयमा कुराकानी भएको बताइएको छ । टेलिफोन संवादपछि परराष्ट्र मन्त्री खड्काले विदेशमन्त्री यीलाई धन्यबादसमेत दिए । दुईबीचमा एक घन्टा टेलिफोनमा कुराकानी भएको थियो ।


प्रतिक्रिया दिनुहोस !