१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

ओली प्रतिगमनकारी हुन्, अष्टलक्ष्मी जी किन टाँसिनु भएको ? मार्गप्रशस्त गर्नुस् : पाण्डे



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का बागमती प्रदेश संसदीय दलका नेता एवम् गठबन्धनबाट मुख्यमन्त्री उम्मेदवार राजेन्द्र पाण्डेले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई मार्गप्रशस्त गर्न आग्रह गरेका छन् । ‘३९ दिन भयो, उहाँ अल्पमतमा परेको । संविधानले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था गरेको छ । तर, आजसम्म उहाँ किन टाँसिएर बस्नुभएको हो मलाई अचम्म लागेको छ,’ प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाक्यको विश्वासको मतको प्रस्तावमाथिको छलफलका क्रममा पाण्डेले भने, ‘म उहाँलाई मार्गप्रशस्त गर्न आग्रह गर्दछु ।’

उनले चार दलीय गठबन्धन किन बन्यो भन्ने कुरा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई राम्रो जानकारी भएको बताए । ‘केपी ओली प्रतिगमनकारी हुन् । उनलाई कमरेड भन्न मन नै छैन । उनी कम्युनिष्ट नै होइनन् । उनले संविधानमाथि हमला गरे । संसद्‌लाई समाप्त गर्ने कोसिस गरे भनेर अष्टलक्ष्मीजीले गर्नुभएको भाषण अहिले पनि ताजै छ,’ पाण्डेले भने, ‘अब फेरि उहाँ ती नै मान्छेहरुसँग उभिएर मुख्यमन्त्रीको जिम्मेवारीमा हुनुहुन्छ । तर हामी प्रतिगमनको विरुद्धमा उभिएको गठबन्धनमा छौँ । त्यसैले उहाँलाई विश्वासको मत दिन सक्दैनौँ । नेता पाण्डेले गठबन्धन संविधान, संघीयता र समावेशिताको रक्षाका लागि बनेको दाबी गरे ।


प्रतिक्रिया दिनुहोस !