१ जेष्ठ २०८१, मंगलवार
 |   Tue May 14 2024
Logo

बाढी पसेर तीन दिनदेखि बन्द विराटनगर विमानस्थल आजदेखि सञ्चालनमा



विमानस्थल बिहानदेखि साँझ ५ बजेसम्म मौसम अनुकूल गर्ने सञ्चालनमा आउन थालेको हो । तत्कालका लागि भीएफआर उडान मात्र हुने र उपकरणको परीक्षणपश्चात आइएफआर उडान हुने जनाइएको छ ।

विमानस्थल जलमग्न भएपछि यही कात्तिक ३ गतेदेखि नोटाम जारी गरेर विमानस्थल बन्द गरिएको थियो । वर्षाबाट काठमाडौं–विराटनगर उडान प्रभावित भएको थियो । नियमित उडानका सबै एयरलाइन्सले उडान रद्द गरेका थिए ।स्थानीय केसलीया खोलामा आएको बाढी विमानस्थलमा पसेकाले धावनमार्ग, पार्किङ एरियालगायतका स्थान डुबानमा परेका थियो ।


प्रतिक्रिया दिनुहोस !