१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

थप ५ सय १३ जनामा कोभिड संक्रमण, ८ जनाको मृत्यु



काठमाडौं । नेपालमा थप ५ सय १३ जनामा कोभिड–१९ संक्रमण भएको छ । ६ हजार ९ सय ३१ जनामा गरिएको परीक्षणमा ५ सय १३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै देशभर कोभिड संक्रमितको संख्या ८ लाख ८ हजार ५ सय ३४ पुगेको छ । पछिल्लो २४ घण्टामा ८ सय १७ जनालाई निको हुँदा ७ लाख ८६ हजार ६ सय ३० जना कोभिडबाट संक्रमणमुक्त भएका छन् । कोभिडबाट शनिबार ८ जनाको मृत्यु भएसँगै अहिलेसम्म कोभिडबाट मृत्यु हुनेको संख्या ११ हजार ३ सय ४५ पुगेको छ ।

देशभर कोभिडका १० हजार ५ सय ५९ सक्रिय संक्रमित छन् । जसमध्ये होम आइसोलेसनमा ९ हजार ७ सय ५७, संस्थागत आइसोलेसनमा ८ सय २, आईसीयूमा २ सय ६८ र भेन्टिलेटरमा ८० जना रहेका छन् ।त्यसैगरी देशभर पछिल्लो २४ घण्टामा ६३ हजार ७४ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् । देशभर अहिलेसम्म ८६ लाख ५ हजारले पहिलो मात्र खोप लगाउँदा ६५ लाख ९८ हजारले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।


प्रतिक्रिया दिनुहोस !