१ जेष्ठ २०८१, मंगलवार
 |   Tue May 14 2024
Logo

अन्त: झुके प्रधानन्यायाधीश जबरा, गोलाप्रथाबाट पेशी तोक्न राजी



काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालतमा गोलाप्रथाबाट पेशी तोक्न राजी हुनुभएको छ । नेपाल बार एशोसिएसनका पदाधिकारीहरुसँग आइतबार भएको भेटमा राणाले पर्सी (मंगलबार) देखि गोला प्रथाबाट पेशी तोक्ने प्रतिवद्धता जनाएको बारका महासचिव लीलामणि पौडेलले जानकारी दिनुभयो । न्यायाधीश हरिकृष्ण कार्की नेतृत्व समितिले स्वचालित (अटोमेसन) पद्धतिबाट मुद्दाको पेशी व्यवस्थापन गर्न र अटोमेसनमा नजाँदासम्म गोला प्रथाबाट पेशी तोक्न दिएको सुझाव लागू गर्न राणा तयार हुनुभएको हो ।

गोला प्रथाबाट पेशी तोक्न आनाकानी गरेको, राजनीतिक दलका नेताहरुसँग भेटघाट गरिरहेको, कार्यकारीसँग मन्त्रीमासमेत भाग मागेको जस्ता विषयमा प्रधानन्यायाधीश राणा घेरिनुभएकै समयमा बारका पदाधिकारीहरुसँगको भेटमा उहाँले आफ्नो बचाउ गर्नुभएको हो । प्रधानन्यायाधीश जबराले सम्भवतः मंसिरदेखि अटोमेसनमा लैजाने भन्दै पौडेलले तत्काललाई गोलाप्रथामा जाँदा पनि धेरै विषय समाधान हुने उल्लेख गर्नुभयो । यसै प्रयोजनका लागि प्रधानन्यायाधीश राणा सोमबार फूलकोर्ट बोलाउन पनि तयार हुनुभएको छ ।


प्रतिक्रिया दिनुहोस !