१ जेष्ठ २०८१, मंगलवार
 |   Tue May 14 2024
Logo

मेरो ससुराली आउजाउ छैन, गजेन्द्र हमाललाई मैले मन्त्री बनाएको होईन : प्रधानन्यायाधीश जबरा



काठमाडौं । पौडेलका अनुसार प्रधानन्यायाधीश राणाले गजेन्द्रलाई मन्त्री बनाउने विषयमा संलग्नता नरहेको भन्दै भन्नुभयो, ‘मैले विहे गरी श्रीमती २०४१ सालमा नै बितेकी हुन् । त्यसपछि मेरो ससुराली आउजाउ छैन । उहाँसँगको साइनो पनि त्यस्तो हो । तर गजेन्द्रसँग मेरो नाम जोडिएपछि उहाँलाई मन्त्री नबनाइदिनुस् भनेर प्रधानमन्त्रीलाई मैले भनेको हुँ तर सुनुवाइ भएन । उहाँ मन्त्री बन्नुभयो आलोचना भएपछि राजीनामा पनि दिनुभयो । त्यसमा मेरो कुनै संलग्नता छैन ।’

बारका पदाधिकारीहरुसँग राणाले सञ्चारमाध्यममा आएका विषय असत्य भएको भन्दै कमीकमजोरी भए सुधारेर अघि बढ्न म तयार रहेको पनि बताउनुभएको थियो । सरकारसँग आफूले कुनै पनि भागबन्डा नगरेको, मन्त्रीको कोटा नमागेको र सुनुवाइलाई प्राथमिकता नदिएको कुरा सत्य नभएको राणाले भेटमा बताएको पौडेलले पत्रकारहरुलाई जानकारी दिनुभयो । आफूलाई सहयोग गर्न राणाले गरेको आग्रहमा बार पदाधिकारीहरुले भने शुरुदेखि नै गरेको खबरदारीलाई बेवास्ता गर्दा यस्तो अवस्था आएको बताएका थिए ।


प्रतिक्रिया दिनुहोस !