१ जेष्ठ २०८१, मंगलवार
 |   Tue May 14 2024
Logo

भारतको पाकिस्तानसँग १० विकेटको सर्मनाक हार, रिजवान र बाबरको विष्फोटक व्याटिंग



काठमाडौं । टी–२० विश्वकप अन्तरगत सुपर १२ को खेलमा पाकिस्तानले भारतलाई दश विकेटले पराजीत गरेको छ । जीतका लागि १ सय ५२ रनको लक्ष्य पाएको पाकिस्तानले बिना विकेटको क्षतीमा १७.५ ओभरमा लक्ष्य प्राप्त गर्यो । पाकिस्तानका विकेटकिपर ओपनर महुम्मद रिजवानले नट आउट ५५ बलमा ७९ रन र कप्तान बाबर आजमले ५२ बलमा नट आउट ६८ रन बनाए । विराट कोहलीको अर्धशतकको मद्दतमा भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५१ रन बनाएको थियो ।

कप्तान कोहलीले सर्वाधिक ५७ रन बनाए । ४९ बलको पारीमा उनले ५ चौका र १ छक्का हिर्काए । भारतले खेलमा निकै खराब शुरुवात गरेको थियो । ६ रनको अवस्थामा नै भारतले दुवै ओपनरलाई गुमाएको थियो । सूर्यकुमार यादव पनि ११ रन बनाएर आउट भएपछि कोहलीले ऋषभ पन्तसँग मिलेर भारतको पारी सम्हाले । पन्तले ३९ रनको योगदान दिए ।

त्यसपछि कोहलीलाई रवीन्द्र जडेजाले १३ रन बनाउँदै साथ दिएका थिए । १९ औँ ओभरमा कोहली क्याच आउट हुन पुगे । पाकिस्तानका लागि शाहिन अफ्रिदीले ३ विकेट लिए भने हसन अलीले २ विकेट लिए ।मेन अफ द मेच पाकिस्तानका तीव्र गतिका बलर साहिन अफ्रिदी भए । उनले भारतका ओपनर केएल राहुल, रोहित शर्मा र कप्ना विराट कोली जस्ता विष्फोटक व्याट्सम्यानहरुलाई आउट गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !