२२ बैशाख २०८१, शनिबार
 |   Sat May 4 2024
Logo

डीमप्रसादको समेत अधिकार खोसेर अधिकारी वायुसेवा निगमको अध्यक्ष नियुक्त, पुनर्बीमामा घिमिरे



सरकारले नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गरेको छ। अध्यक्ष रहका सुशील घिमिरेको राजीनामा स्वीकृत गर्दै कार्यकारी अधिकारसहित अधिकारीलाई अध्यक्ष बनाएको हो।

अहिले निगममा डीमप्रसाद पौडेल प्रबन्ध निर्देशक छन्। उनी कार्यकारी थिए। अब कार्यकारी अध्यक्ष अधिकारीमा प्रबन्ध निर्देशकको अधिकार पनि सरेको छ।

सरकारले बेमौसमी वर्षाका कारण आएको बाढी तथा डुबानबाट धानबालीमा भएको क्षतिको अध्ययन गरी तीन दिनभित्र प्रतिवेदन पेश गर्न गृहमन्त्रालयको सचिवको संयोजकत्वमा समिति बनाएको छ। समितिमा कृषि मन्त्रालयका सचिव अर्थमन्त्रालयका सचिव, उद्योग मन्त्रालयका सचिव, सामान्य मन्त्रालयका सचिव, राष्ट्रिय योजना आयोगका सचिव सदस्य छन्।

सरकारले नेपाल पुनर्वीमा कम्पनी लिमिटेड सञ्चालन समितिको अध्यक्षमा डा. रवीन्द्र घिमिरे र सदस्यमा मदन पोखरेल नियुक्त गर्ने निर्णय गरेको छ।

यसबाहेक सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासनको दररेटमा १५ प्रतिशत वृद्धि गरी उपलब्ध गराउने समेत निर्णय गरेको छ।कोभिड-१९ महामारीबाट प्रभावित अति विपन्न परिवारलाई नगद हस्तान्तरण कार्यविधि – २०७८ स्विकृत गरेको छ।


प्रतिक्रिया दिनुहोस !