१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

मलेसियाविरुद्ध नेपाल टस जितेर फिल्डिङ गर्दै



आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा अहिले नेपाल र मलेसियाबीचको खेल जारी छ ।

दुबईमा जारी खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको छ । यससँगै मलेसियाले इनिङको सुरुवात गरिसकेको छ ।

नेपाल आजको खेल जित्दै ग्लोबल छनोटको सम्भावना कायम राख्न चाहन्छ । मलेसियाविरुद्धको जितले नेपाल ६ टोली सहभागी प्रतियोगिताको शीर्षस्थानमा पुग्नेछ ।

३ खेल खेलेको यूएई ६ अंकसहित शीर्षस्थानमा रहँदा नेपाल ३ खेलबाट ४ अंकसहित दोस्रो स्थानमा छ । यसअघि नेपाल हङकङसँग पराजित भए पनि भुटान र कुवेतलाई भने हराएको थियो


प्रतिक्रिया दिनुहोस !