२६ बैशाख २०८१, बुधबार
 |   Wed May 8 2024
Logo

एमाले महाधिवेसनः प्रभु साह केन्द्रीय सदस्यमा निर्विराेध, प्रदेश-२ का सबै नाै जना विजयी हुने



काठमाडौं, १३ मंसिर

नेकपा एमालेको १०औं महाधिवेशनबाट प्रभु साह केन्द्रीय सदस्यमा निर्विराेध भएका छन् । 

केन्द्रीय निर्वाचन आयोगले जारी गरेको प्रारम्भिक सूचनाअनुसार प्रदेश २ बाट खुलातर्फ पुरुष ६ जना र महिला तीन गरी नाै जनाको कोटामा थप उम्मेदवारी नपरेपछि साह केन्द्रीय कमिटीमा विजयी हुने भएका हुन् । प्रदेश २ का अन्य नाै जना पनि निर्विरोध केन्द्रीय सदस्य चयन हुने भएका हुन् ।  

प्रदेश-२ बाट पूर्वमाओवादी नेता साहसहित अरविन्द सिंह, उपेन्द्र साह, राजकुमार लेखी, लीलानाथ श्रेष्ठ, सुमन प्याकुरेल पुरुष कोटाबाट केन्द्रीय कमिटीमा पुग्ने भएका छन् । महिला कोटाबाट कल्पनाकुमारी कटुवाल, रञ्जना सरकार र रेखाकुमारी झा छन् । यद्यपि, औपचारिक रूपमा केन्द्रीय निर्वाचन आयोगले घोषणा गर्न भने बाँकी छ । 

उपेन्द्र साह माओवादी परित्याग गरी एमालेमा आएका नेता हुन् भने लेखी केही समयअघि मात्रै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !