२८ बैशाख २०८१, शुक्रबार
 |   Fri May 10 2024
Logo

राजावादी कराएर केही हुँदैन : पूर्वप्रधानमन्त्री भट्टराई



इलाम, १९ पुष

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी(जसपा) का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले राजावादीहरु कराएर केही नहुने टिप्पणी गरेका छन् ।

इलाम सदरमुकाममा भएको पार्टी संगठन सुदृढीकरण तथा जनजागरण अभियानका क्रममा भट्टराईले राजतन्त्र नफर्कने भन्दै भने ‘राजावादीहरू ट्याउट्याउ गरेर केही हुँदैन ।’ मुलुककमा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको भन्दै एकतन्त्रीय शासनको कल्पना गर्न नसकिने डा. भट्टराईको भनाइ छ ।

उनले दुई तिहाइ जनमतको सरकार आफ्नै कुबुद्धिले घर न घाटको भएको प्रतिक्रिया दिएका छन् । जनताले विश्वास गरेर मत हालेको भएपनि केपी ओलीले जनताबाट निर्माण भएको संविधान मार्न खोज्दा आफैं सत्ताबाट बाहिरिनुपरेको उनले बताए । ओलीले भ्रष्टाचारको पहाड र कुशासनको शिखर निर्माण गरेको आरोप भट्टराईले लगाए ।

पूर्व प्रधानमन्त्री भट्टराईले २०७२ सालमा बनेको संविधानले पनि जनताले चाहेको सबै परिवर्तनलाई संस्थागत गर्न नसकेको तर्क गरे । ‘संसारमा कुनै पनि परिवर्तन एक्कै झड्कामा पूरा हुँदैन, समय सापेक्ष ढंगले परिवर्तन हुँदै जान्छ’, उनले भने, ‘बाँकी काम पूरा गर्न नथाकेका, नहारेका जिउँदा मान्छेहर फेरि अगाडी आउनुपर्छ ।’


प्रतिक्रिया दिनुहोस !