२३ बैशाख २०८१, आईतवार
 |   Sun May 5 2024
Logo

कोभिड बढेपछि दिल्लीमा सप्ताहन्तमा कर्फ्यू, मास्कबिना हिँडडुल गर्न निषेध



नयाँ दिल्लीमा सप्ताहन्तमा कर्फ्यू लगाइने भएको छ । कोभिड संक्रमण बढेपछि दिल्ली सरकारले शनिवार र आइतबार कर्फ्यू लगाउने भएको हो । भारतमा नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै कोभिड संक्रमितको संख्या ह्वात्तै बढेको छ । मंगलबारसम्म एक हजार ७०० जनामा ओमिक्रोन देखिएको छ ।

अन्य दिनमा भने दिल्लीका बस तथा मेट्रो रेल साविक झैं सञ्चालन हुनेछन् । मास्कबिना कसैले पनि यात्रा गर्न पाउनेछैन् । दिल्लीमा सोमबार ४ हजार ९९ जना नयाँ संक्रमित भेटिएका थिए । पछिल्लो २४ घन्टामा दिल्लीमा कोभिडका कारण एक जनाको मृत्यु भएको छ ।

संक्रमण बढेपछि सरकारले १५ देखि १८ वर्ष उमेर समूहका नागरिकलाई खोप लगाउन सुरु गरेको छ । भारतमा दैनिक कोभिड संक्रमितको संख्या औषतमा ३५ हजार पुगेको छ ।


प्रतिक्रिया दिनुहोस !