६ जेष्ठ २०८१, आईतवार
 |   Sun May 19 2024
Logo

सूचना टाँसेर प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित



काठमाडौं, २१ पुस

प्रतिनिधिसभाको बैठक दोस्रोपटक सूचना टाँसेर स्थगित गरिएको छ । २२ पुस बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।

गत आइतबार (१८ पुस)मा डाकिएको बैठक सूचना टाँसेर स्थगित गर्दै बिहीबारका लागि सारिएको थियो । तर, यसको अघिल्लो दिन बुधबार विशेष कारण देखाउँदै बिहीबारका लागि बोलाइएको बैठक स्थगित गरिएको संघीय संसद सचिवालयका महासचिव भरत गौतमले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

गौतमका अनुसार अब प्रतिनिधिसभाको बैठक २८ पुस बुधबार दिउँसो १ बजे बस्नेछ ।


प्रतिक्रिया दिनुहोस !