५ जेष्ठ २०८१, शनिबार
 |   Sat May 18 2024
Logo

विमानस्थलका लागि आवश्यक बजेट निकासा भईसकेको छ : उद्योग, पर्यटन तथा वन मन्त्री धामी



सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन तथा वन मन्त्री मान बहादुर धामीले प्रदेश सरकारले कञ्चनपुरको मझगाँउ विमान स्थल सञ्चादनका लागी आवश्यक बजेट निकासा भईसकेको बताएका छन ।

बुधबार मझगाँउ विमान स्थलको शिलान्यास कार्यक्रममा बोल्दै सुप प्रदेश सरकारका उद्योग पर्यटन तथा वनमन्त्री धामीले प्रदेश सरकारका तर्फबाट मझगाँउ विमानस्थल संचालनका लागि आवश्यक बजेट प्रबन्ध गरिएको बताएका हुन । ‘प्रदेश सरकारले भागमा परेको २५ प्रतिशत बजेट हामीले नागरिक उड्डायन प्राविधिकरणको खातामा बजेट पठाईसकेका छौँ, ‘उनले भने, चालु बर्षमा समेत बजेट विनियोजन गरेका हौँ ।’ सुप प्रदेश सरकारले ८ करोड, ७५ लाख रुपैया नेपाल नागरिक उड्यान प्राविधिकरणको खातामा जम्मा गरिसकेको बताउदै मन्त्री धामीले चालु बर्षमा समेत बजेट प्रबन्ध गरिएको र भावि दिनमा समेत विमानस्थल शुचारुका लागि प्रदेश सरकार लागि परेको बताए ।

मन्त्री धामीले प्रदेश सरकारले विमानस्थल शुचारु गर्दै प्रदेशकै विकासका लागि काम गर्ने बताए । २०३० सालदेखि २०५६ साल २६ बर्षसम्म संचालनमा आएको विमान स्थल सरकारले सुरक्षाको कारण देखाएर २०५६ सादेखि बन्द गरेको थियो । झण्डै ६६ विगाह क्षेत्रफल र १५२५ मिटर लम्बाई रहेको बिमानस्थल निर्माणका लागि तीनै तहका सरकारको संयुक्त साझेदारीमा बन्नेछ । ५० प्रतिशत संघीय र ५० प्रतिशत पालिका प्रदेश सरकारको लगानीमा बिमानस्थल निर्माण हुनेछ । दुई दशकदेखि बन्द रहेको विमानस्थल शुचारुका लागि तीनै सरकार लागि परेका छन ।


प्रतिक्रिया दिनुहोस !