१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

‘ढाल’ को प्रचार गर्नेले नै ७९ वर्षको उमेरमा तिम्ल्याहा जन्माए



काठमाडौं । विशेषगरी नेपाल र एसियाली मुलुकहरुमा बढ्दै गएको जनसंख्या नियन्त्रण गर्न अमेरिकी सरकारको सहयोगमा चार दशक अघिदेखि परिवार नियोजनको अस्थायी साधन कण्डमको प्रचार थालिएको हो । नेपालमा सीआरएस कम्पनीको स्थापना गरेर उक्त साधनलाई बोलिचालीको भाषामा प्रख्यात ‘ढाल’ नाम दिइयो ।

सरकारले सित्तैं बाँड्ने गरेको उक्त परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्न शहर र बजारका पुरुषलेसमेत नजानेपछि गाउँका अरु पनि हच्किने नै भए । विज्ञको रुपमा एक जना अमेरिकी त्यतिबेला जनचेतना फैलाउनमा खुब खटेका थिए ।

पछिल्ला दिन उक्त साधनको उपलब्धता बजार,गाउँ सर्वत्र सर्वसुलभ भएपछि अमेरिकी विज्ञहरु स्वदेश फर्किएका हुन् । अहिले औषधि पसलहरुमा नेपालीबाहेक विभिन्न मुलुकका किसिम किसिमका रंग,बासना र डिजाइनका पुरुषले प्रयोग गर्ने अस्थायी साधन कण्डम पाइन्छ ।

तर, पछिल्ला दिनमा थाई महिलालाई पत्नी बनाएका उनै अमेरिकी विज्ञले अहिले ७९ वर्षको उमेरमा तिम्ल्याहा बच्चा पाएको खबर आएको छ । उनकी पहिलेकी श्रीमतीबाट दुई छोरा छन् ।

अरुलाई धेरै बच्चा पाउन हुँदैन, अस्थायी साधन प्रयोग गर भनेर देश देशान्तर घुमेका उनै अमेरिकी नागरिकको पछिल्लो खबरले मानिसको पेशा र व्यक्तिगत आचरण तथा इच्छासँग कुनै सम्बन्ध नहुने प्रमाणित भएको छ । अरुलाई दुई वटाभन्दा बढी बच्चा नपाउन उनले वर्षौं सल्लाह र सुझाव दिएका थिए । त्यही सुझाव दिएवापत धेरै देश घुमे,राम्रो आम्दानी गरे । तर अहिले जीवनको उत्तरार्धमा उनी विगतलाई छोप्ने गरी तिम्ल्याहा बच्चाको बाउ बनेको उर्जा बिज्ञ रत्नसँसार श्रेष्ठले खुलासा गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !