१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

कोरोनाबाट एकैदिन १५ जनाको मृत्‍यु, २४ घण्टामा थपिए ८,०१७ जना संक्रमित



नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट १५ जनाको मृत्यु भएको छ । मृतकको संख्या १५ जना थपिएसँगै कुल मृतकको संख्या ११ हजार ६८७ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८०१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अवधिमा ५ हजार २१९ जना निको भएका छन् भने २१ हजार ८०८ जनाको नमुना परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ३९ हजार २६७ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख २२ हजार ८३८ जना पुगेको मन्त्रालयले जनाएको छ ।

संक्रमितमध्ये ८ लाख ३७ हजार ४ जना निको भएका छन् । बुधबारको तथ्यांकसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ९० हजार ५७६ जना पुगेको छ ।


प्रतिक्रिया दिनुहोस !