४ जेष्ठ २०८१, शुक्रबार
 |   Fri May 17 2024
Logo

३० वैशाखको निर्वाचनले ओली जस्ता प्रतिगामीलाई दण्डित गर्छ : माधव नेपाल 



नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीलाई लक्षित गर्दै स्थानीय निर्वाचनले प्रतिगामीलाई दण्डित गर्ने बताएका छन् । प्रगतिशीलहरूलाई भने निर्वाचनमार्फत जनताले पुरस्कृत गर्ने उनको विश्वास छ ।

होलीको अवसरमा काठमाडौंमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले दण्डित र पुरस्कृत गर्ने समय ३० वैशाख भएको बताए ।

एमालेले निर्वाचन जितेको अवस्थामा ‘समाज बाँच्न लायक’ नहुने भन्दै ओलीप्रति कटाक्ष पनि गरे । कार्यक्रममा उनले होली पर्वले नेपालीहरूबीच आपसी सद्भाव, सहिष्णुता र एकताभाव जगाउन सकून् भन्दै शुभकामना पनि व्यक्त गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !