१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

हिजो मन्दिर तोडफोड आज चर्चको सिलन्यास



काठमाडौं । गृहजिल्ला रुकुम पश्चिम पुगेर अर्थमन्त्री जनार्दन शर्माले मुसिकोटस्थित एउटा चर्च भवनको शिलान्यास गर्नुभएको छ । हिजो बिहान मन्त्री शर्माले मुसिकोट नगरपालिकाको वडा नम्बर १ मूलखोलामा ‘मुसिकोट एजी चर्च’ भवनको शिलान्यास गर्नुभएको हो । नेपाल ख्रिष्टियन समाजका केन्द्रीय सचिव तथा मुसिकोट एजी चर्चका संस्थापक मुकुन्द शर्माले कर्णाली प्रदेश सरकारको सहयोगमा भवन निर्माण शुरु गरिएको जानकारी दिनुभयो । हाललाई प्रदेश सरकारले ३० लाख रुपैयाँ उक्त भवन निर्माणका लागि विनियोजन गरेको मन्त्री शर्माले बताउनुभयो ।

निर्माण शुरु गरिएको चर्च भवनको लागत अनुमान तीन करोड रुपैयाँ रहेको छ । बाँकी बजेटको निम्ति अर्थमन्त्री शर्माले अन्य मन्त्रालयमा पहल गरिदिने वचन दिनुभएको शर्माले जानकारी दिनुभयो । चर्चका सँस्थापक शर्माले आवश्यक बजेट व्यवस्थापनको लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आफूले पनि अनुरोध गरिरहेको जनाउनुभयो ।

मुसिकोट नगरपालिकामार्फत् कार्यान्वयन हुने उक्त भवन निर्माणको जिम्मा उपभोक्ता समितिलाई दिइएको छ । निर्माण समितिका अध्यक्ष भीमबहादुर बोहोराले मंगलबारदेखि भवन निर्माणको काम तीब्र गतिमा भएको उल्लेख गर्नुभयो । यस पटकको बजेटबाट भवनको निम्ति टाईबिम र पिलरहरु बैशाख मसान्तभित्र निर्माण हुनेछ । थप बजेट व्यवस्थापन भएको अवस्थामा अन्य काम थालिने उहाँले जानकारी दिनुभयो । चर्च भवन तीनतले हुने छ । माओवादीमाथि जनयुद्धताका खोजीखोजी मन्दिर तोडफोड गरेको आरोप छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय