४ जेष्ठ २०८१, शुक्रबार
 |   Fri May 17 2024
Logo

दीपेन्द्रले बनाए शतक, नेपालले मलेसियालाई दियाे २२४ रनकाे लक्ष्य



त्रिकाेणात्मक टी-२० शृंखला अन्तर्गत शनिबार भइरहेको खेलमा नेपालले मलेसियालाई २२४ रनकाे लक्ष्य दिएकाे छ ।

दीपेन्द्र सिंह ऐरीले ११० रन बनाएपछि कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेकाे नेपालले ५ विकेट गुमाएर २२३ रन बनाएकाे हाे ।

दीपेन्द्र ओडीआई र टी-२० आईमा शतक प्रहार गर्ने दाेस्राे नेपाली खेलाडी बने । यसअघि पूर्व कप्तान पारस खड्काले दुवै फर्म्याटमा शतक प्रहार गरेका थिए ।

दीपेन्द्रले ५७ बल खेल्दै १० चाैका र ६ छक्का मद्दतमा अविजित ११० रन बनाए ।

यस्तै राेहित पाैडेलले पहिल टी२० अन्तर्राष्ट्रियमा पहिलाे अर्धशतक प्रहार गरे । राेहितले ३४ बल खेल्दै ५ चाैका मद्दतमा ५१ रन बनाए ।

दीपेन्द्र र राेहितले तेस्राे विकेटका लागि ९६ रनकाे साझेदारी गरेका थिए ।

ओपनर आसिफ शेखले १८ र कुशल भुर्तेलले १२ रन बनाए । आरिफ शेख २ रन बनाएर आउट भए ।

आदिल अन्सारीले १४ रन जाेडे । अन्तिम बलमा आदिल रनआउन हुनुअघि दीपेन्द्रसँग ५९ रनकाे साझेदारी गरे ।

बलिङमा मलेसियाका लागि मुहम्मद वाफिक, पवनदिप सिंह, स्याज्रुल ईद्रुस र मुहम्मद अमिरले १-१ विकेट लिए ।


प्रतिक्रिया दिनुहोस !