४ जेष्ठ २०८१, शुक्रबार
 |   Fri May 17 2024
Logo

आगामी बजेटमा सरकारी कर्मचारीको तलब दुई हजारले बढ्नसक्ने



सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटबाट कर्मचारीहरुको तलब बढाउने तयारी गरेको हो। सरकारी कर्मचारीहरुको तलब दुई हजार रुपैयाँले बढ्ने भएको छ।

दुई वर्षअघि २०७६/७७ मा डा‍. युवराज खतिवडाको दोस्रो बजेटबाट सरकारले नायब सुब्बासम्मका लागि २० प्रतिशत र त्यसभन्दा माथिको पदका लागि १८ प्रतिशतले तलब बढाएको थियो।

बढेको तलब निजामतीका साथै प्रहरी, सेना, शिक्षक र प्राध्यापकहरुका लागि पनि लागू हुनेछ। त्यस्तै भत्ताको भार सरकारलाई तत्‍कालका लागि मात्रै परे पनि तलब वृद्धिको असर भने दीर्घकालसम्म पर्नेछ। बढेको तलबले अवकाशप्राप्त कर्मचारीका लागि सरकारको सामाजिक सुरक्षा खर्च (निवृ‌त्तिभरण) व्यवस्थापनमा पनि चाप पर्ने छ।

कर्मचारीहरुको सेवा सुविधा प्रत्येक २/२ वर्षमा पुनरावलोकन गर्ने परिपाटी रहे पनि कोभिड असरले गर्दा चालु वर्षमा दुई हजार भत्ता मात्रै वृद्धि गरिएको थियो।

योपटक दुई हजार भत्तालाई निरन्तरता दिँदै तलब दुई हजार रुपैयाँसम्म बढाउने तयारी गरिएको हो। बढ्दो महँगीलाई मध्यनजर गर्दै सरकारले तलब वृद्धि गर्न लागेको अर्थमन्त्रालय श्रोतले बताएको छ।


प्रतिक्रिया दिनुहोस !