१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

सिनियर १० खेलाडीलाई बाहिरै राखेर एसियन कप छनोटका लागि नेपाली फुटबल टिमको घोषणा



काठमाडौं । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले बन्द प्रशिक्षणबाट १० खेलाडीलाई निकालेको विवाद समाधान हुनुअघि आसन्न एसिएन कप छनोटका लागि राष्ट्रिय फुटबल टोलीको घोषणा गरिएको छ ।

अल्मुताइरीले शुक्रबार विद्रोही खेलाडीलाई बाहिर राखेर ठूला प्रतियोगिता खेल्ने टिम घोषणा गरेका छन् । वैशाख १२ गते प्रशिक्षक अल्मुताइरीको निर्देशनमा खेलाडीहरुले बन्द प्रशिक्षण छाड्नुपरेको बताउँदै आएका छन् । यस घटनाबारे अखिल नेपाल फुटबल संघ एन्फाले गठन गरेको तीन सदस्यीय छानविन समितिले आफ्नो प्रतिवेदन बुझाइसकेको छ ।

राष्ट्रिय टोलीका कप्तान किरणकुमार लिम्बु, सुजल श्रेष्ठ, रोहित चन्द, अनन्त तामाङ, अन्जन विष्ट, तेज तामाङ, सुमन लामा, विशाल राई, विमल घर्तीमगर, विशाल श्रेष्ठलाई बाहिर राख्दै शुक्रबार प्रशिक्षक अल्मुताइरीले २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !