६ चैत्र २०८०, मंगलवार
 |   Tue Mar 19 2024
Logo

चितवनका एक पुरुषले आफ्नै श्रीमतीको कुटपिटपछि पाटेघर निकालेर फ्याँकिदिए



भरतपुर । चितवनमा एक युवकले कुटेर श्रीमतिलाई गम्भीर अवस्थामा पुर्याएका छन् । जिल्लाको खैरहनी नगरपालिका – १० का रामचन्द्र माझीले आफ्नी श्रीमतिलाई कुटपिट गरेर पाटेघर नै निकालिदिएको बताइएको छ ।

इलाका प्रहरी कार्यालय खैरहनीका अनुसार माझीले बिहीबार राति आफ्नी श्रीमतीतिलाई बन्धक बनाएर नराम्ररी पिटेको र गुप्ताङ्गमा हात हालेर नै पाटेघर निकालिदिएका हुन् ।

घाइते श्रीमतिलाई हाल भरतपुर अस्पतालमा उपचारका लागि ल्याइएको प्रहरीले जनाएको छ । रामचन्द्रलाई पक्राउ गरि हाल अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ । विवादको कारण भने खुलाइएको छैन।


प्रतिक्रिया दिनुहोस !