२६ बैशाख २०८१, बुधबार
 |   Wed May 8 2024
Logo

डा. बाबुराम भट्टराईका २ प्रस्ताव : नयाँ पार्टी बनाउने कि विचार मिल्नेसँग एकीकरण गर्ने ?



जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पक्षको भेलामा अबको बाटोबारे दुई विकल्प अघि सारेका छन् ।

मंगलबार दिउँसो काठमाडौंमा सुरु भएको भेलामा राजनीतिक प्रतिवेदन पेश गर्दै भट्टराईले पार्टी पुनर्गठन अनिवार्य भएको बताएका छन् । जसपाको वैधानिक बहुमत आफूहरुसँग रहने वा नरहने निर्वाचन आयोगको प्रक्रियाले टुंगिने भन्दै उनले अघि भने, ‘दुबै अवस्थामा पार्टीको पुनर्गठन एक अनिवार्य तथा अपरिहार्य ऐतिहासिक आवश्यकता बन्न पुगेको छ ।’

पार्टी पुनर्गठन के कसरी गर्ने भन्ने ठोस निर्णय विस्तारित बैठकले गर्ने भन्दै उनले दुई विकल्प अघि सारेका छन् ।

पहिलो, नयाँ ढंगले वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानलाई अघि बढाउने ।

दोस्रो, विचार, नीति, कार्यक्रम मिल्ने निकटतम् शक्तिहरुसंग सहकार्य, ध्रुबीकरण, एकीकरण गर्दै जाने ।

भट्टराईले भनेका छन्,‘बैठकले निकालेका निष्कर्षको आधारमा हामी पुनर्गठित पार्टीको घोषणा–पत्र, विधान, नियमावली र आचारसंहिता निर्माण गर्ने छौं । सोही बमोजिम यसलाई वैधानिकता दिने प्रक्रिया पूरा हुनेछ ।’


प्रतिक्रिया दिनुहोस !