१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

रुपन्देहीमा श्रीमानले बलात्कार गरेको भन्दै महिलाले दिइन प्रहरीमा उजुरी



रुपन्देहीमा श्रीमानले बलात्कार गरेको भन्दै एउटी महिलाले प्रहरीमा उजुरी दिएकी छन् । तिलोत्तमा नगरपालिका–१७ घर भएका श्रीमानविरुद्ध इलाका प्रहरी कार्यालय, बुटवलमा पुगेर पीडित महिलाले उजुर गरेकी हुन् ।

उनले अघिल्लो मंगलबार आफूलाई श्रीमानले बलात्कार गरेको उनको किटानी जाहेरीमा उल्लेख छ । बुटवलका डिएसपी ठगबहादुर केसीका अनुसार चौधरी थरकी ती महिलाले छ महिनादेखि श्रीमानले मादकपदार्थ खाएर कुटपिट गरेको बताएकी छन् । बिरामी हुँदा पनि श्रीमानले इच्छाविपरीत करणी गरेको आरोप लगाउँदै निवेदन हालेकी हुन् ।

श्रीमानको त्याचारबारे परिवार र आफन्तलाई जानकारी गराउँदा पनि वास्ता नगरेपछि प्रहरीसमक्ष उजुरी गर्न आएको महिलाले बताइन् । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !