१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

एमाले अब २० वर्षसम्म शासनमा फर्कन नसक्ने सहमहामन्त्री यादवको दाबी



काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले एमाले अब २० वर्षसम्म शासनमा फर्कन नसक्ने जिकिर गरे ।बिहीबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा नेता यादवले एमालेले राष्ट्रवादको नाममा जनता ठग्ने काम गरेको बताए ।

उनले नागरिकतासम्बन्धी विधेयक संसद्का दुवै सदनबाट पारित भइसकेको र प्रमाणीकरणका लागि  राष्ट्रपतिकहाँ पुगेको भन्दै तत्काल प्रमाणीकरण गर्न आग्रह गरे । यादवले वर्तमान सरकारले एक वर्षको छोटो अवधिमा यसअघिको सरकारले तीन वर्षसम्म गर्न नसकेको काम गरेको जिकिर पनि गरे ।


प्रतिक्रिया दिनुहोस !