१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

सशस्त्रमा ७१ इन्सपेक्टर र ८३ असईका लागि जागिर खुल्यो



काठमाडौं । सशस्त्र प्रहरी बलले अधिकृत तहमा भर्ना खुलाएको छ । ७९ जना सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) र ८३ जना सशस्त्र प्रहरी सहायक निरीक्षकमा भर्ना खुलाएको हो ।७९ निरीक्षक मध्ये ७१ जना साधारण उपसमूह र ८ जना कानुन उपसमूहका लागि भर्ना खुला गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

इच्छुक व्यक्तिले कात्तिक ६ गतेसम्म आवदेन दिनसक्नेछन् । उक्त अवधिभित्र तोकिएका कार्यालयमा आवेदन दिन सकिनेछ ।निरीक्षकमा फाराम भरेकाहरुले मंसिर १५ गते प्रधान कार्यालय हलचोक र सहायक निरीक्षकमा फाराम भरेकाहरुले पनि सोही दिन फाराम भरेकै ठाउँमा सम्पर्क गर्नु पर्नेछ ।


प्रतिक्रिया दिनुहोस !