१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

सीट बाँडफाँटमा जसपा असन्तुष्ट, अन्य दलसँग तालमेलको विकल्प खुला राख्ने निर्णय



जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) ले सत्ता गठबन्धनमा भइरहेको सीट बाँडफाँडमा असन्तुष्टि जनाएको छ । आज बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले आसन्न संसदीय निर्वाचनका लागि सत्ता गठबन्धनमा भइरहेको सीट बाँडफाँड सन्तोषजनक नरहेको निष्कर्ष निकालेको हो ।

बैठकको निर्णय सार्वजनिक गर्दै जसपाका प्रवक्ता मनिष सुमनले गठबन्धनमा सीट बाँडफाँड पार्टीका लागि सन्तोषजनक नरहेको बताएका छन् ।

५ दलीय गठबन्धनको विकल्पको रूपमा अन्य राजनीतिक दलहरूसँग पनि सीट तालमेल गर्न सकिने र सो पनि हुन नसकेको अवस्थामा जसपा एक्लै निर्वाचनमा भाग लिने निर्णय पनि भएको प्रवक्ता सुमनले जानकारी दिए ।

जसपा अध्यक्ष उपेन्द्र यादवले शुक्रवार जनकपुरधाममा समेत सत्ता गठबन्धनको सीट बाँडफाँडमा असन्तुष्टि जनाउँदै पार्टी एक्लै चुनावमा जान सक्ने भन्दै नेता कार्यकर्तालाई तयार भएर बस्न निर्देशन दिएका थिए ।


प्रतिक्रिया दिनुहोस !