१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

भारतमा हिमपहिरोमा परी चार आरोहीको मृत्यु



काठमाडौं । भारतीय हिमालय क्षेत्रमा मंगलबार हिमपहिरोमा परी कम्तीमा चार आरोहीको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । भारतको उत्तरी राज्य उत्तराखण्डमा करिब १६ हजार फिट (४,८८० मिटर)को उचाइमा उक्त घटनापछि मृत्यु हुनेको संख्या चार पुगेको सञ्चारमाध्यमले जनाएका छन् ।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले उत्तरकाशीस्थित नेहरु पर्वतारोहण संस्थानले गरेको पर्वतारोहण अभियानका क्रममा गएको पहिरोका कारण भएको अमूल्य जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । गएको अगष्टमा हिमाञ्चल प्रदेश राज्यमा हिमनदी तर्ने क्रममा हिउँको चिराभित्र खसेका एक पर्वतारोहीको शव दुई महिनापछि फेलापरेको थियो ।


प्रतिक्रिया दिनुहोस !