७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

सशस्त्र प्रहरी असई भारतमा मृत फेला



राजविराज । सशस्त्र प्रहरी बलमा कार्यरत एक जना प्रहरी सहायक निरीक्षक (असई) भारतीय भूमिमा बिहीबार दिउँसो मृत फेला परेका छन् । सशस्त्र प्रहरी बल गण नम्बर ६ हेडक्वार्टर राजविराजमा दरबन्दी भई बोर्डर आउट पोष्ट (बीओपी) छिन्नमस्तामा कार्यरत असई सत्यनारायण यादव सिमावर्ती बिहार राज्यको मधुवनी जिल्लाअन्तर्गत जिरोगा पुनर्वासस्थित घोडदह खोलामा मृत फेला परेका हुन् । उनी मृत फेला परेको स्थान नेपाल भारत सीमाभन्दा ३ किलोमिटर दक्षिण भारतमा रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

सिरहाको भगवानपुर २ घर भएका असई यादव असोज १८ गतेदेखि ३ दिन बिदा लिई घर गएको सशस्त्र प्रहरी बल गण नम्बर ६ हेडक्वार्टर राजविराजका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रदीप खड्काले बताए । उनी असोज २१ गते शुक्रबार कार्यालय हाजिर हुनुपर्ने थियो ।

बिहीबार दिउँसो उनको शव भारतीय क्षेत्रमा फेला परेपछि भारतीय प्रशासनले पहिचानका लागि स्थानीयमा तस्बिर सार्वजनिक गरेको थियो । नजिकै रहेको नेपालको बोर्डरमा रहेको सशस्त्र प्रहरीको बीओपीमा कार्यरत रहेकाले स्थानीयले उनी नेपाली सुरक्षाकर्मी रहेको भारतीय प्रशासनलाई जानकारी दिएका थिए ।


प्रतिक्रिया दिनुहोस !