१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

परिषदको लाइसेन्स समयमा नपाए बीपीएचका विद्यार्थी आयोगको प्रवेश परीक्षाबाट बञ्चित हुने



काठमाडौं । नेपाल स्वास्थ्य व्यवसायी परिषदले लाइसेन्स प्रमाणपत्र ढिला वितरण गर्दा बीपीएचका परीक्षार्थी स्नातकोत्तर तहको फाराम भर्न बञ्चित हुने भएका छन् ।

नेपाल स्वास्थ्य व्यवसायी परिषदले जनस्वास्थको बीपीएच लाइसेन्स प्रमाणपत्र परीक्षा असोज १ गते सञ्चालन गरेको थियो । परिषद्ले परीक्षाको नतिजा असोज ६ गते सार्वजकि गर्दै लाइसेन्स प्रमाण पत्र दशैंपछिदेखि वितरण गर्ने सूचना जारी गर्‍यो । तर परिषद्ले फेरि असोज २४ गते अर्को सुचना सार्वजनिक गर्दै प्रमाणपत्र कात्तिक १४ बाट मात्रै बितरण सुरु हुने जनाएको छ । परीक्षार्थीहरुका अनुसार बीपीएचको लाइसेन्स प्रमाणपत्र कार्तिक १७ गते वितरण हुनेछ 

चिकित्सा शिक्षा आयोगले असोज १४ गते सार्वजनिक गरेको सूचना अनुसार स्नातकोत्तर तहको प्रवेश परीक्षाको लागि कार्तिक १६ भित्र फाराम भरिसक्नुपर्नेछ । फाराम भर्नका लागि परिषदको लाइसेन्स प्रमाणपत्र अनिवार्य भनिएको छ ।

परिषद्को ढिलाइले विद्यार्थी चिकित्सा आयोगले सञ्चालन गर्ने स्नातकोत्तर तहको प्रवेश परीक्षाबाट बन्चित हुने भएको प्रजिव राजले बताए । उनले भने, ‘चिकित्सा शिक्षा आयोगको परिक्षामा सहभागी गराउन विद्यार्थीलाइ जति सक्दो छिटो प्रमाणपत्र परिषदले उपलब्ध गराउनु पर्नेमा बाधा देखाइरहेको छ । यो त हामीमाथि अन्याय भएन र ?’आयोगको सूचना अनुसार स्नातकोत्तर तह प्रवेश परीक्षाको फाराम भर्ने अन्तिम मिति कार्तिक १६ गतेसम्म छ । प्रजिवका अनुसार परिषद्ले बीपीएचको लाइसेन्स कात्तिक १७ गते वितरण गर्ने जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस !